नवलपरासी,७ कार्तिक ।
नवलपरासी पूर्वमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।
जिल्लाकाे पूर्वी क्षेत्र गैडाकाेट-४ धारापानीमा शुक्रबार अपराह्न धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय नारायण कुमालको हत्या भएको प्रहरीले जनाएको छ ।
कुमालको हत्या कसले गरेको हाे भन्ने यकिन भई नसकेको र हत्याराको खोजी तथा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी,प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
धारिलो हतियार प्रयाेगबाट घाइते भएका कुमालको चितवनकाे भरतपुर स्थित सरकारी अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको हो ।
घटनाकाे अनुसन्धानका लागि ५ जनालाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएको छ ।








