प्युठान,३ कार्तिक ।
लुम्बिनी साहित्य सङ्गमकाे आयोजनामा प्यूठानको स्वर्गद्वारीमा लक्ष्मी जयन्ती तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
सङ्गमकी लुम्बिनी प्रदेश अध्यक्ष भावना खनालको अध्यक्षता
र स्वर्गद्वारी आश्रमका स्वामी ध्यानानन्द महाराजकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बटुकहरुद्वारा स्वस्ती वाचन गरि सुरु गरिएको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११७ औं जन्मजयन्तीकाे अवसरमा आयोजित कार्यक्रममा उपाध्यक्ष डा. कृष्णराज डि.सी, संस्थाका सल्लाहकार डा. नारायण पन्थ, महासचिव तेजप्रसाद खनाल, सहसचिव मनबहादुर खत्री, सदस्य सरु ज्ञवाली, सदश्य विमला खनाललगायतका श्रष्ठाहरूले करिब डेढ दर्जनबढी रचना वाचन गरेका थिए ।
सस्थाका सल्लाहकार डा. नारायण पन्थ,संस्थाका उपाध्यक्ष डा. कृष्णराज डि.सी ले कार्यक्रमकाे उदेश्य र औचित्य तथा नेपाली साहित्यकाे क्षेत्रमा महाकवि देवकोटाकाे योगदान बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा स्वर्गद्वारी मन्दिरकाे दर्शनका लागि आएका श्रद्वालु भक्तजनहरूले समेत सहभागीता जनाएको महासचिव तेजप्रसाद खनालले जानकारी दिए ।








