नवलपरासी,३ कार्तिक ।
पूर्वी नवलपरासीकाे मध्यबिन्दुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
सोमबार बिहान साढे ६ बजे मध्यबिन्दु नगरपालिका-८ गडारखोलास्थित पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट अरूणखोला जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवल जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल बोकेको ट्यांकले ठक्कर दिएको हो ।
ठक्करबाट स्कुटर चालक मध्यबिन्दु नगरपालिका-१३ मैनाघाटका अन्दाजी ४२ वर्षका वीर बहादुर सिञ्जालीको मृत्यु भएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्याइएको थियो । उनलाई बिहान सवा ७ बजे चिकित्सकले मृत घाेषणा गरेको प्रहरीले जनाएको छ ।
स्कुटरको पछाडि सवार मध्यबिन्दु-७ अम्रसाका २३ वर्षीय चन्द्रबहादुर गाहा र मध्यबिन्दु-९ बसन्तपुर बस्ने ३१ वर्षीय समीर जंग कुमाल घाइते छन् ।
घाइतेहरूको मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
ट्यांकर चालक सल्यानको शारदानर नगरपालिका १४ घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका-६ का ४७ वर्षीय खलकराम भण्डारीलाई नियन्त्रणमा लिएर घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








