गुल्मी,२ कार्तिक ।
गुल्मीकाे धुर्काेटमा एक पुरुष मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा जिल्लाको धुर्कोट गाउँपालिका-६ रजस्थल नियालपानीका ६३ वर्षीय मिनबहादुर घर्ती रोका रहेका छन् ।

हिजोदेखि घर नआएका राेकालाई खोज्दै जाँदा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनी हिजो साँझ गाउँबाट घर फर्कने क्रममा लडेको हुन सक्ने अनुमान छ ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाई घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।