कपिलवस्तु,१ कार्तिक ।
कपिलवस्तुमा सवारी दुर्घटना परी एक युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका ९ जगदीशपुरबाट बनगाईतर्फ जाँदै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई शनिबार बिहान नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा बाणगंगा नगरपालिका ९ भलवाडका २८ वर्षीय रमेश आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा माेटरसाइकलमा सवार सोही ठाउँका अर्का युवक सुजन सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए । उनकाे अवस्था गम्भीर भएकोले थप उपचारको लागि बुटवल पठाएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी सधानको खोजी भइरहेको प्रहरीकाे भनाइ छ ।