घाेषित चुनाव नहुने र आफुहरूले चुनाव हुन पनि नदिने !
बुटवल,१ कार्तिक ।
अभियान्ता डा. निकाेलश भुसालले जेनजी समुहले उठाएका माग पुरा नभए कार्तिक १६ गतेदेखि जनबिद्राेह सुरु हुने चेतावनी दिएका छन् ।

शुक्रबार साँझ बुटवलमा आयोजित जेनजी आन्दोलनका सहिद तथा इजरायलमा हमास बिद्राेहीकाे आक्रमणमा मारिएका बिपिन जाेशीकाे श्रद्धाञ्जली सभा तथा दिप प्रज्वलन कार्यक्रममा अभियान्ता भुसालले उक्त चेतावनी दिएका हुन् ।

तत्कालीन सरकारलाई बिस्थापन गरेर कसैलाई प्रधानमन्त्री तथा मन्त्री बनाउन र कसैलाई नेता बनाउन जेनजी आन्दोलन नभएको बताउदै उनलेे जेनजी पुस्ताले उठाएका माग पूरा नभए आफुहरू कार्तिक १६ देखि जनबिद्रोहमा उत्रने चेतावनी दिए ।
मुलुकमा ब्याप्त भ्रष्टाचार, कुशासन तथा बेथितिकाे अन्त्य गरी सुशासन र समृद्धिका लागि जेनजी पुस्ताले आन्दोलन गरेको बताउदै अभियान्ता भुसालले अहिलेसम्म जेनजीका १० प्रतिशत माग पनि सम्बाेधन नभएको दाबी गरे ।
चुनावले देशको विकास नहुने भन्दै उनलेे जेनजीका माग पुरा नभएसम्म देशमा कुनै चुनाव नहुने र आफुहरूले चुुनाव हुन नदिने चेतावनीसमेत दिए ।
जेनजीहरूसँगकाे बैठकमा बर्तमान सरकारका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काल जेनजीका माग सम्बाेधन गर्न नसकिने जानकारी गराएको स्मरण गराउदै अभियान्ता भुसालले साेही दिनदेखि यो सरकारलाई जेनजीकाे समर्थन नरहेको बताए ।
यद्यपि बर्तमान सरकारका दुई मन्त्री महावीर पुन र कुलमान घिसिङप्रति भने आफुहरूकाे सद्भाव रहेको उल्लेख गरे ।








