जनमुक्ति बिचारधारालाई जनतामा स्थापित गराउन पार्टीसँग हातेमालो गरेर अगाडि बढ्ने अठोट
बुटवल,१ कार्तिक ।
राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय पूर्व गोर्खा सैनिक संगठन केन्द्रीय समितिको बैठक शुक्रबार बुटवलमा सम्पन्न भएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष क्याप्टेन भीम रानाकाे अध्यक्षतामा बसेकाे बैठकमा पूर्व सैनिकको गतिविधि, राष्ट्रिय जनमुक्ति पार्टीको बारेमा साथै जेनजी आन्दोलनपछि विकसित घटनाक्रम र संगठनकाे आगामी योजना लगायत समसामयिक सन्दर्भमा गहन छलफल गरिएको महासचिव याम आलेले जानकारी दिए ।

पूर्व गोर्खा सैनिक संगठन,लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको बैठकमा मुलुकको बदलिँदो परिस्थितिमा जनमुक्ति बिचारधारालाई जनतामा स्थापित गराउन पार्टीसँग हातेमालो गरेर अगाडि बढ्ने अठोट लिइएको राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष समेत रहेका संगठनका अध्यक्ष भीम रानाले बताए ।

बैठकले जनमुक्ति विचारधारा र राष्ट्रिय जनमुक्ति पार्टीको पक्षमा एक मतकाकासाथ सकृय रहने, मूलुकमा स्थायी शान्ति र दिगो विकासका लागि तीन दशक बढी समयदेखि अविछिन्न रुपमा कृयाशिल यसै वैकल्पिक राजनीतिको पक्षमा जनमत निर्माण गर्न सबै पूर्व गोर्खा सैनिकहरु र आम परिवर्तनका पक्षधर नेपालीहरुमा आव्हान गर्ने निर्णय गरेको संगठनले जनाएको छ ।