बुटवल,३० असाेज ।
नेपालीहरूकाे महान पर्व शुभ दिपावली तथा छठलाई मध्यनजर गरि बुटवल उपमहानगरपालिकाका बिभिन्न ११ स्थानबाट फुल तथा मालाकाे बिक्रीवितरण हुने भएको छ ।

बुटवल उपमहानगरपालिकाकाे आयोजनामा बुधबार बुटवलमा सम्पन्न बुटवलका फुल उत्पादक कृषकहरूसँगकाे छलफलमा बुटवलमा उत्पादित फुल तथा मालाहरू नगरका ११ स्थानबाट बिक्रीवितरण गर्ने ब्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका कृषि अधिकृत सन्तोष जिसी ले जानकारी दिए ।

प्लाष्टिकजन्य फुल तथा मालाकाे प्रयोग गर्दा मानव स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै वातावरण प्रदुषण हुने भएकोले बुटवल उपमहानगरपालिका क्षेत्र भित्र यसको प्रयोगलाई निरूत्साहित गरि स्थानीय फुल तथा मालाकाे प्रयोग बढाउने उदेश्यले स्थानीय एवम् स्वदेशी फुल माला बिक्रीका लागि स्थान ताेकिएकाे नगर प्रमुख खेलराज पाण्डेयले बताए ।

यसले बुटवल उपमहानगरपालिका क्षेत्रमा फुल तथा माला उत्पादक तथा ब्यवसायीलाई बलपुग्नुका साथै उत्साह बढ्ने नगर प्रमुख पाण्डेयकाे बिश्वास छ ।

दिपावली तथा छठ पर्वमा बुटवलमा करिब ५०/६० हजार मालाकाे माग रहेको र हाल बुटवलमा उत्पादित फुलबाट उनेका करिब ११ हजार माला माैजाद रहेको कृषि अधिकृत जिसीले जानकारी दिए ।

बटलको टाफिक चोकको दुर्ब तर्फ,बीपी चोक,अस्ताललाईन,तिनकुने,सुख्खानगर,राजमार्ग चौराह,होराइजन चोक,देबिनगर चौपारी,गोलपार्क,बेलबासलगायतका ठाउँ तोकिएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ११,१५,१६ र १७ काे करिब दुई बिघा क्षेत्रफल जग्गामा ब्यवसायीक रूपमा फुल खेती हुने गरेको छ ।