बुटवल,२७ असाेज ।
आगामी कार्तिक १४ गते बुटवलमा “राष्ट्रियता,भाैगाेलिक अखण्डता,वीर पुर्खाहरूकाे योगदान र युवाहरूको भुमिका ” बिषयक बृहत शिक्षामूलक अभिमुखिकरण कर्यक्रम हुने भएको छ ।

आयोजक सुस्ता बचाँउ अभियानले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रमकाे तयारी बारे जानकारी गराएको हो ।

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अन्तरक्रिया कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठ र नेपाली सेनाका पूर्व उपरथी रक्षाविद डा. पूर्णबहादुर सिलवालले प्रशिक्षण दिने अभियानले जनाएको छ ।

कार्यक्रममा रूपन्देही,नवलपरासी,कपिलवस्तु र पाल्पा जिल्लाबाट कम्तिमा ५० जना विद्यार्थीहरु सहभागी हुने आयोजक सुस्ता बचाँउ युवा अभियान नवलपरासीका संयोजक योगेन्द्र गौतमले जानकारी दिए ।

कक्षा ९ देखि कक्षा १२ सम्मका युवा विद्यार्थीलाई सहभागी हुने कार्यक्रममा देशको सीमारेखा, राष्ट्रियता र युवाहरुको भूमिका बारे बृहत् अन्तरक्रिया गरिने उनलेे बताए । साे अवसरमा नवलपरासीको सुस्तासँग सम्बन्धित डकुमेन्ट्रीसहित नेपालकाे ऐतिहासिक भाैगाेलिक अवसस्थिति बारे प्रस्तुती रहने अभियानले जनाएको छ ।

पत्रकार सम्मेलनमा बुटवल स्थित नविन औद्योगिक कदरबहादुर रितामाविका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत,दीप बोर्डिङ स्कूलका प्रअ टिकाराम न्यौपानेलगायतले कार्यक्रम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।