बुटवल,२५ असाेज ।
नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगर अक्षयकोष २०५६ रूपन्देही १२ औं साधारणसभा तथा वार्षिक भेला शनिबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बिरकट्टा मगरले क्याप्टेन लखन थापामगरलाई नेपालकाे प्रथम सहिद घाेषणा गरे पनि राज्यले साे अनुरूपको सम्मान नदिएको गुनासो गरे । सुरुमा क्याप्टेन लखन थापामगरलाई प्रथम सहिद घाेषणा गराउन दबाब दिन नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगर अक्षयकोष २०५६ रूपन्देही गठन गरिएको स्मरण गर्दै उनलेे क्याप्टेन लखन थापामगरलाई राज्यले प्रथम सहिद घाेषणा गरे पनि साे अनुसारको सम्मान नदिएको गुनासो गरे । देशमा राजनीतिक परिवर्तन भए पनि दास मानसिकता कायमै रहेको भन्दै सहअध्यक्ष बिरकट्टाले दास मानसिकताबाट माथि उठ्न नसकेसम्म मगरलगायत जनजाति समुदायको उत्थान हुन नसक्ने धारणा राखे ।
नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापाले लखन थापामगरले उठाएका मुद्दा राजनीतिक परिवर्तन मात्रै नभएर तत्कालीन अवस्थामा समाजमा ब्याप्त अन्याय,अत्याचार,असमानता र विभेद बिरूद्वकाे अभियान पनि थियो भन्ने कुरालाई बिर्सन नहुने बताइन् । जेनजी आन्दोलनका नाममा प्राप्त संघीयता र समावेशीता जस्ता उपलब्धिलाई मास्ने षड्यन्त्र हुनसक्ने भन्दै उनलेे जनताको बलिदानबाट प्राप्त उपलब्धि जाेगाउन मगर जेनजीहरू चनाखो हुनुपर्नेमा जाेड दिइन् ।
प्रथम सहिद क्याप्टेन लखन थापामगर अक्षयकोष २०५६ रूपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरे मगरकाे अध्यक्षता र नेपाल मगर संघका केन्द्रीय सहअध्यक्ष दलबहादुर बिरकट्टा मगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का अध्यक्ष दलबहादुर राकसकाेटी, बुटवल बहुमुखी क्याम्पसकि सह प्रध्यापक गंगा पुन,नेपाल मगर युवा संघका महासचिव राेशन अस्लामी,नेपाल मगर संघ बुटवल नगर अध्यक्ष बसन्ती साठिघरे मगर, नेपाल मगर संघ रूपन्देहीका प्रेस सल्लाहकार सनु थापालगायतले जेनजी आन्दोलनका क्रममा पाेखरामा लखन थापाको सालिक ताेडफाेड गर्नु निन्दनीय भएको भन्दै प्रथम सहिद क्याप्टेन लखन थापामगर अक्षयकोषलाई देशभर बिस्तार गर्नुपर्नेमा जाेड दिएका थिए ।
नेपाल मगर संघ रूपन्देहीका उपाध्यक्ष टेकबहादुर रेश्मीकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संघका काेषाध्यक्ष
समेत रहेका काेषका काेषाध्यक्ष रूद्रबीर चिदीले संस्थाकाे आय ब्यय प्रस्तुत गरेको कार्यक्रम सञ्चालक काेषका सहसचिव राधिका श्रीसले जानकारी दिइन् ।








