दाङ,१९ असाेज ।
श्रीमान्‌को हत्या गरेको आरोपमा प्रहरीले दाङको घोराहीबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ चितुवाटारीकी ६२ वर्षीया छायादेवी चौधरी रहेकी छन् ।

छायादेवीले शनिबार राति घरायसी विवादका क्रममा ६४ वर्षीय श्रीमा्न ढाललबहादुर चौधरीलाई लाइटले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न छायादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।