इलाम,१९ असाेज ।
भारी बर्षासँगै गएराति गएको पहिरोमा परी इलाममा २ घरका ११ जानको मृत्यु भएको छ ।
इलाम नगरपालिका–६ र माइजोगमाइ मानेभञ्ज्याङमा पहिरो जाँदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
घटनास्थलमा बिहानैदेखि खोज तथा उद्धार कार्य जारी रहेको उनले बताइन् ।








