पाल्पा,१२ असोज ।
पाल्पाको तानसेन नगरपालिका–१४ देउरालीस्थित भ्यान दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बुटवलबाट गुल्मी जादै गरेको बा.प्र.०१–०३१ च ७९५७ नम्बरको ईभी भ्यान तानसेन–तम्घास सडक खण्डमा आइतबार दिउँसो सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित १६ जना सवार रहेका मध्ये २ महिला मध्यम घाइते भएको र घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि पाल्पाकाे तानसेन पठाइएको प्रहरी चाैकी अर्गलीले जनाएको छ ।






