Exif_JPEG_420

बुटवल,१० असोज ।
मुलुकमा बिकसित घटनाक्रमबाट उत्पन्न चनौतीहरुको सामना गर्न सबै देशभक्त,जनवादी,क्रान्तिकारी शक्तिहरु एकजुट हुनुपर्ने बामपन्थी दलका नेता तथा बुद्धिजिविहरुले जोड दिएका छन् ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीद्धारा शुक्रबार बुटवलमा आयोजित बर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागि बामपन्थी दलका नेता तथा बुद्धिजिविहरुले उक्त कुरामा जोड दिएका हुन् ।

जेनजी पुस्ताको आन्दोलन र त्यसपछि विकसित घटनाक्रमबाट मुलुकको राष्ट्रियतामा थप खतरा देखापरेको भन्दै उनिहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र यसअघिका आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन देशभक्त,जनवादी,क्रान्तिकारी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य कृष्णराज पौडेलले जेनजी पुस्ताले उठाएका मुद्धा सही भए पनि आन्दोलनमा नक्कली जेनजीहरुको घुसपैठ हुँदा जनधनको ठुलो क्षती भएको भन्दै मुलुकको राष्ट्रिय स्वाधीनता खतरामा परेका बेला दलीय स्वार्थभन्दा माथि उठेर मुलुकलाई निकास दिनुपर्ने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीका सेक्रेटरी लक्ष्मीकान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ,नेकपा रुपन्देहीका सेक्रेटरी बिरेन्द्र बिक, नेकपा एकिकृत समाजवादी रुपन्देहीका अध्यक्ष हिराध्वज शाह,नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन्द पन्त,नेसपा नयाँशक्ति पार्टीका नारायण नागिला, बाम बुद्धिजिवी लिला बहादुर केसी,बिनबहादुर कुँवर,पदम कार्की, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रुपन्देहीका सचिवालय सदस्यद्धय दयाराम खनाल,बिक्रम नेपालीलगायतले आ आफ्नो भनाई राखेका थिए ।