बुटवल,३१ भदौ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रूपन्देहीको तामनगरको पुल भासिँएको छ । बुटवल १२ तामनगरमा रहेको पुल भासिएपछि पूर्व पश्चिम गर्ने मुख्य राजमार्गकाे यात्रा कष्टकर बनेको छ ।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सोमबार दिउँसोदेखि पुलको दायाँ बायाँबाट माटो खस्न थालेको थियो । पुल भासिएका कारण सडकमा रोकिएका सवारीलाई अहिले पुल नजिकैबाट डाइभर्सन गरी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार आयोजनाकाे काम भइरहेको छ । यो सडक खण्ड चार लेनमा विस्तार गर्ने कार्य सुरु भएको छ ।