गयराती भैरहवाको एक पसलमा चाेरी
बुटवल,३० भदौ ।
नेपाली काग्रेस क्षेत्र नं -२ रुपन्देहीले आम नागरिकलाई अनुभुति हुने गरि सुरक्षा व्यवस्थाको प्रवन्ध गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
क्षेत्रीय सभापति प्रजापाल गिरी, सहसचिव मिलन थापा, कोषाद्यक्ष हिमाल गैरे, सदस्य अनिता केसी, बुटवल नगर उपसभापति ज्योति भण्डारी, सचिव गगा पन्थिलगायतकाे टोलीले इलाका प्रशासन कायालय प्रमुख रामचन्द्र अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।
२०८२ भाद्र २३ र २४ गते जेन-जेड समुहले आव्हान गरेको आन्दोलनका दौरान राष्ट्रिय सम्पदा, सार्वजनिक सम्पत्ति र निजि तथा व्यक्तिगत सम्पत्ति माथि आक्रमण,तोडफोड र आगजनि गरि ध्वस्त बनाईएको भन्दै ज्ञापनपत्रमा आक्रमणको फाइदा उठाउदै चोरी, लुटपाट भैरहेका छन जसका कारण आम नागरिक र व्यवसायी त्रसित भएको जनाइएको छ ।
निजि क्षेत्र र व्यक्तिगत सम्पत्ति माथि आक्रमण हुँदा समेत प्रशासन सकृय नदेखिनु र आगजनि भएका स्थानमा सुचना दिंदा समेत वारुण यन्त्र दमकल अनुपस्थित हुनुले नागरिक आतंकित भएको जनाउँदै आन्दोलनकै नाममा हुने चोरी, लुटपाट र आक्रमणको जोखिम न्युन नभैसकेको यो परिस्थितिमा नागरिकलाई शान्ति, सुरक्षा र सुव्यवस्थाका सम्बन्धमा आस्वस्त पार्नुपर्ने कांग्रेसको माग छ ।
एकातर्फ आन्दोलनमा भएका चोरी, तोडफोड र आगजनिका घटनाले सृजित आतंक र अर्को तर्फ चाडवाडका बेला चोरीका घटना बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी यस सम्वेदनशील राजनितिक सक्रमणकालको आडमा अराजक समुहबाट समाज र आमनागरिकलाई क्षति पुर्याउन सक्ने सम्भावना रहेकाे तर्फ सचेत हुनुपर्नेमा जाेड दिइएको छ । आगजनि र तोडफोड भएका स्थानमा सुरक्षा कमजोर हुदा थप चोरी र लुटपाट हुन सक्ने भन्दै ज्ञापनपत्रमा आमनागरिकको शान्तिपूर्ण रुपमा बाच्न पाउने सम्वैधानिक अधिकारको प्रत्याभुत गर्न शान्ति सुरक्षा, सुव्यवस्थालाई मजबुत र सकृय बनाउँदै नागरिकलाई हामी सुरक्षित छौ भन्ने गरि प्रशासनको परिचालनका लागि इलाका प्रशासन कार्यालय मार्फत सम्वद्ध सुरक्षा संयत्रको ध्यानाकर्षण गराइएको छ ।
जेन-जेड समुहले आव्हान गरेको शान्तिपूर्ण आन्दोलनमा अराजकता चाहने बिध्वंशकारीको घुसपैठका कारण आन्दोलन हिंसात्मक हुनपुगेकाे र जसका कारण ठुलो संख्यामा आन्दोलनकारीको मृत्यु हुनुका साथै कैंयौं मरणासन्न हुनेगरी घाइते भएकाे भन्दै ज्ञापनपत्रमा मृतकप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरिएकाे छ ।
यसैबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मैत्रीपथ (भैरहवा)स्थित गार्डेन अफ ड्रिङ्स (जीओडी) मा गए राती चोरी भएको छ । जिल्ला प्रशासन कार्यालय जाने बाटो नजिकै रहेको रेष्टुरेण्टमा राती १२ः२० मा चोरी भएको सिसिटिभी क्यामेराको फुटेजमा देखिएको सञ्चालक रमेश कान्दुले बताए ।
राती १२ः२० आएका अन्दाजी ४० वर्षिय एकजना व्यक्ति रेष्टुरेण्टको मूल गेटको ताला फोडेर काउण्टर तोडी त्यहाँ रहेको करिब १ लाख रुपैयाँ नगद चाेरी भएको उनलेे जानकारी दिए ।