बुटवल,२९ भदौ ।
जेनजी युवाहरूकाे आन्दोलनका कारण उत्पन्न असहज परिस्थिका कारण अवरुद्ध सरकारी सेवा आजबाट सुचारू गर्ने तयारी भए पनि बुटवल उपमहानगरपालिकाकाे सेवा सुरु हुन अझै केही समय लाग्ने भएको छ ।
ताेडफाेड र आगजनीबाट विद्युत,संचारसहित कार्यालयका महत्वपूर्ण कागजात नष्ट भएकोले उपमहानगरपालिकाकाे सेवा सुचारू गर्न समय लाग्ने भएको हो ।
भाैतिक संरचनासँगै उपमहानगरपालिका अन्तर्गतका विभिन्न महाशाखा तथा शाखाहरू क्षतिग्रस्त भएकोले सेवा सुचारू गर्न अझै केही दिन लाग्ने बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मित्रमणी खनालले जानकारी दिए ।
अहिले क्षतिको बिवरण संकलन गर्ने कार्य भइरहेको र तत्काल उपलब्ध गराउन सकिने सेवाहरू जतिसक्दो छिटो सुरु गर्ने प्रयास भइरहेको उनलेे बताए ।
बुटवल उपमहानगरपालिकाका वडा कार्यालयहरूमध्ये वडा नं ४ बाहेकका कम क्षति भएका र क्षति नभएका वडा कार्यालयहरूकाे सेवा भने आजैदेखि सुरु हुने प्रमुख कार्यकारी अधिकृत खनालले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेनजी युवाहरूको आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिका कारण अवरुद्ध भएको सेवा आजदेखि सञ्चालन गर्ने घाेषणा गरेको थियो ।