File: A view of Butwal City. Photo: THT

दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
बुटवल, २७ भदौ ।
निषेधाज्ञा र कर्फ्यू हटेसँगै जनजिवन सामान्य बन्दै गइरहेका बेला रुपन्देहीमा पुन : निषेधाज्ञा र कर्फ्यू लगाइएको छ ।

जिल्लामा हुन सक्ने प्रदर्शन, जुलुस, त झडपजस्ता सम्भावित घटनालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार स्थानीय प्रशासन ऐन, २०७४ को दफा ६ को उपदफा (३) बमोजिम प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले २७ भदौ २०८२ देखि अर्को आदेश नभएसम्मका लागि आदेश जारी गरेका हुन् ।

राति १० बजेदेखि बिहान ६ बजेसम्म लागु हुने गरी कर्फ्यू आदेश जारी गरिएको छ । यस अवधिमा कसैलाई आवतजावत गर्न, सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना जस्ता गतिविधि गर्न निषेध गरिएको छ ।

बिहान ६ बजेदेखि राति ९ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । यस अवधिमा पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन, धरना, धार्मिक तथा अन्य कोणसभा गर्न पाइने छैन ।

जिल्ला प्रशासन कार्यालयले आदेश उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कडा कारबाही हुने चेतावनी दिएको छ ।