बुटवल,२७ भदौ ।
निषेधाज्ञा र कर्फ्यू हटेसँगै बुटवलसहित रूपन्देही जिल्लाकाे जनजीवन सामान्य बन्दै गएको छ ।
शान्ति सुरक्षाको अवस्था सामान्य बनेको ठहर गर्दै कर्फ्यू फुकुवा गरिएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए । जेनजीकाे प्रदर्शनका कारण सुरक्षा जोखिम बढेपछि रुपन्देहीका विभिन्न क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू लागू गरिएको थियो ।
निषेधाज्ञा र कर्फ्यू हटेसँगै बुटवलमा छाेटाे दुरीका सार्वजनिक सवारीसाधन चल्न थालेका छन् ।
आज बिहानदेखि बुटवलका बजार, पसल, यातायात र दैनिक क्रियाकलाप क्रमशः सुचारु हुन थालेका छन् । कर्फ्यू हटेपछि सहज महसुस गरेको स्थानीयले बताएका छन् ।