बुटवल,२६ भदौ ।
जेनजीकाे आन्दाेलन र त्यसपछि उत्पन्न असहज परिस्थिका बिच बुटवलमा युवा विद्यार्थीले प्रदर्शन गरेका छन् ।
बुटवलकाे मिलनचाेकमा भएकाे प्रदर्शनमा उनिहरूले नारावाजी सहित राष्ट्रपति रामचन्द्र पाैडेललाई सार्वजनिक गर्न माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका युवा विद्यार्थीकाे समुहले संवैधानिक सर्वाेच्चता कायम गर, राष्ट्रपतिलाई सार्वजनिक गर, संविधान मास्न पाईदैन, सैनिक शासन चाहिँदैन, वैदेशिक हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाएका थिए ।
जेनजीकाे आन्दाेलन र त्यसपछि उत्पन्न असहज परिस्थिकाका कारण माैन रहेका संसदमा प्रतिनिधित्व गर्ने ठूला दल निकटका युवा विद्यार्थीहरू पुनः जुरमुराउन थालेका हुन् ।
जंगी अड्डामा नयाँ सरकार गठनको गृहकार्य भइरहदा राजधानी काठमाडौसहित देशका विभिन्न शहरहरूमा राजनीतिक दल निकटका युवा विद्यार्थीहरूले संवैधानिक सर्वोच्चता कायम गर्न माग गर्दै प्रदर्शन गर्न थालेका हुन् ।