File: A view of Butwal City. Photo: THT

बुटवल,२६ भदौ ।
रुपन्देहीमा बिहीबार बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार (आज) बिहान ९ देखि बेलुकी ७ बजेसम्म रुपन्देही जिल्लाभर पुनः कर्फ्यु आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले जानकारी दिए । स्थानीय प्रशासन ऐन २०२८ को दफा २६ ‘क’ बमोजिम आदेश जारी गरिएको उनलेे बताए ।

कर्फ्यु अवधिभर आदेशको उल्लंघन गरी कसैले आवातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गरेमा प्रचलित कानून अनुसार कडा भन्दा कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी कर्फ्यु आदेश जारी गरिएको प्रजिअ डा.पाण्डेले बताए ।