बुटवल,२४ भदौं ।
निषेधाज्ञा र बर्षाका बाबजुद जेनजीहरूले मंगलबार बुटवलमा पनि प्रदर्शन गरेका छन् ।
बिहान प्राय शान्त रहेको बुटवल दिउँसो यत्रतत्रबाट जम्मा भएका युवाहरूले निषेधाज्ञाका बाबजुद प्रदर्शनमा उत्रिएका हुन् ।
देशमा विद्यमान भ्रष्टाचार र कुशासनकाे बिराेधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले गाेली चलाउदा १९ जनाको मृत्यु भएपछि प्रदर्शनले थप उग्ररूप लिएको छ ।