बुटवल,२३ भदौं ।
देशमा ब्याप्त बेथितिका विरूद्व युवाहरूले आज बुटवलमा पनि प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जाल बन्दलगायत देशमा विद्यमान भ्रष्टाचार र कुशासनकाे बिराेधमा बुटवलमा आज बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।
प्रदर्शनमा काठमाडौंका मेयर बालेन शाहका निकट मानिने सन्तोष गिरी लगायतका युवाहरू अग्रभागमा रहेर नाराबाजी गरेका छन् ।