बुटवल,१८ भदौ ।
रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित रंगशाला पथबाट मगरघाटतर्फ जाँदै गरेको लु.३७ प ७३८६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीकाे मृत्युु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-११ देविनगर बस्ने ७४ वर्षीय किसन श्रेष्ठ रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।