बुटवल,११ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ ।
उच्च अदालत तुलसीपुर,बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो ।
लामिछानेको रिट निवेदन बुधबार न्यायाधीश सागर विष्टको इजलासमा परेको थियो ।
सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न माग गर्दै लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पाैडेलले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा निवेदन दायर गरेकी थिइन । यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो ।
त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ हुने अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।






