बुटवल,११ भदौ ।
सहकारी ठगी मुद्दा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको रिट निवेदन न्यायाधीश सागर बिष्टको इजलासमा परेको छ ।

लामिछानेको तर्फबाट दायर भएको रिट उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश सागर बिष्टको इजलासमा परेको हो ।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले रिट दायर गरेकी थिइन् । बिगो बराबरको बैंक जमानत लिएर छाड्नुपर्ने माग गर्दै यसअघि लामिछानेको तर्फबाट रूपन्देही जिल्ला अदालतमा निवेदन परेको थियो ।

लामिछानेलाई धराैटीमा छाड्न रुपन्देही अदालतले अस्वीकार गरेपछि त्यस बिरूद्व निकिता उच्च अदालत पुगेकी हुन् ।