जनसम्बन्ध विस्तार अभियान र भष्ट्राचार बिरोधी अभियान जारी

नवलपरासी,११ भदौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासी अन्तरगत जनवर्गीय तथा मोर्चाहरुको विस्तार तीब्र रूपमा अगाडि बढेको साे पार्टीले जनाएको छ ।

जस अन्तरगत क्रान्तिकारी संयुक्त मोर्चा नेपाल सहित सात वटा संगठनको जिल्ला भेला आयोजक समिति गठन भएको छ ।

पार्टीको सहायक संगठन रहेको क्रान्तिकारी युवा संघ नेपाल, अखिल(क्रान्तिकारी), क्रान्तिकारी महिला संगठन नेपाल, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल, क्रान्तिकारी किसान महासंघ नेपाल, क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपालको जिल्ला भेला आयोजक समिति गठन भएको पार्टीले जनाएको छ ।

यस बर्षलाई पार्टीले जनवर्गीय तथा मोर्चाका केन्द्रीय भेला तथा सम्मेलनको बर्षको रुपमा क्रियाशील हुने निर्णय गरेकोले जिल्लामा पनि साेही अनुसार जनवर्गीय तथा मोर्चाहरुको विस्तारका काम भइरहेको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिए ।

जनसम्बन्ध विस्तार अभियानको पूर्व तयारी देखि भष्ट्राचार बिरोधी अभियान सम्म आइपुग्दाँ करिब ६ महिनामा ७ वटा संगठनको जिल्ला भेला सम्पन्न भएको पार्टी बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले बताए । चालुबर्षमा १० वटा जनसंगठन विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।

क्रान्तिकारी सुकुम्बासं संघ नेपाल, राष्ट्रिय उद्योग ब्यापार महासंघ नेपाल, अखिल नेपाल आदिवासी जनजाति महासंघ अन्तरगतका एकल जातीय संगठनहरु निर्माण गर्ने आधार तयार हुँदै गएकाले एकल जातीय संगठनहरुका भेलाकाे आन्तरिक तयारी भइरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनाएको छ ।