बुटवल,३० साउन ।
स्याङ्जा निबुवाखर्क सम्पर्क समाज रुपन्देहीले शुक्रबार बुटवलमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले सामाजिक एकता, मौलिकता र सस्कृती संरक्षणमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्याङ नगरपालिकी उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले तीजको सांस्कृतिक महत्वबारे प्रकाश पार्दै विकृति भित्रिन नदिन सबै सचेत रहनुपर्ने बताइन् ।

उनले यस्ता कार्यक्रमहरुले दिदि बहिनिहरुलाई चिन्ने मौका मिल्ने र आफ्ना दुखहरु बिर्साउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरिन् ।

समाजका अध्यक्ष मोहनिलाल न्यौपानेले तीजको आफ्नै मौलिकता रहेको भन्दै संरक्षणको आवश्यकता औंल्याए ।

उनलेे तीज पर्वले नारी सशक्तिकरण, संस्कृतिको जगेर्ना तथा सामाजिक ऐक्यबद्धतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

सोही कार्यक्रममा एसईई २०८२ मा उत्कृष्ट अंक ल्याउने छात्र र छात्राहरुलाई समेत सम्मान गरिएको थियो ।

संस्थाकी सह-सचिव सुमीत्रा भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति, तीज गीत तथा नृत्य प्रस्तुत गरिएको संस्थाका सचिव जीवन न्यौपानेले जानकारी दिए ।