नवलपरासी,२८ साउन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल र क्रान्तिकारी दलित मुक्ति मोर्चा नेपाल नवलपरासी गठन भएको छ । बुधबार बर्दघाट–४ शान्तिनगरमा भएको भेलाले रामप्रसाद अर्गेजाको संयोजकत्वमा ७ सदस्सीय युवा संघ र सोम बहादुर अर्गेजाको संयोजकत्वमा ७ सदस्सीय दलित मोर्चा गठन गरिएको साे पार्टीले जनाएको छ ।

नवगठित संघमा रमेश पाण्डेय,दिनेश पासी, अनुराधा सिंह , दीपक कोइराला, अजय राना लगायत सदस्य छन् भने मोर्चामा टिकाराम परियार, पल्टु हरिजन,कृष्ण सोनार, सुशिला सुनार सदस्य रहेको मोर्चाका संयोजक विश्वकर्माले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पाँच नम्बर ब्युरोका सचिव समेत रहेका क्रान्तिकारी दलित मुक्ति मोर्चाका नेता जितामित्र सुनारले भष्ट्राचार बिरुद्धको आन्दोलनमा सक्रिय भुमिका खेल्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य सुनारले दक्षिण एशियामा मनुस्मृतिको जगमा दलितहरु माथि उत्पीडन भइरहेको ईतिहास माथि चर्चा गर्दै जातीय मुक्तिका लागि सबै प्रकारको संर्घष गर्नुपर्ने र कानुनी पाटोको संर्घषलाई समेत ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्रान्तिकारी युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो संयोजक संगीन भिउ थापा, क्रान्तिकारी दलित मुक्ति मोर्चाका कार्यालय सदस्य तथा ब्युरो संयोजक बिक्रम नेपालीलगायतले मन्तब्य राखेका थिए ।

सोमबहादुर विश्वकर्माको अध्यक्षता , रामप्रसाद अर्गेजाको स्वागत र रमेश पाण्डेयको संचालनमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापा, बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेय, कार्यालय सदस्य गणेश बहादुर ढकाल र दुर्गा नारायण चौधरी,जिल्ला सल्लाहकार गणेश विश्वकर्मा , युवा संघका केन्द्रीय सदस्य राजेन्द्र न्यौपाने लगायत अतिथि रहेका थिए ।