बुटवल,२८ साउन ।
दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता विश्व सुप्रिमेसी ब्याटल ग्राउन्ड-२०२५ मा तेस्रो स्थान हाशील गर्न सफल नृत्यकर्मीहरूलाई बुटवलमा सम्मान गरिएको छ ।

बुटवलको नाश्री डान्स एकेडेमीले बुधबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल एकेडेमीकाे “दि व्रेभ गाेर्खाज” टिमका नृत्यकर्मीहरूलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा पुरस्कार विजेता ऋतिक गिरी,युवानी भट्टराई,विश्व विश्वकर्मा,रबी तामाङ,आराेही काउछा,आरजु भण्डारी,सीमा आचार्य र बर्षा चाैधरी रहेका छन् ।

उनिहरूलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सम्मान गरेका हुन् । साे अवसरमा नगर प्रमुख पाण्डेयले निजी संस्था मार्फत ब्यक्तिगत लगानी र प्रयासले अन्तर्राष्ट्रिय प्रतियोगितामा छनाेट भई पुरस्कार जितेर बुटवललाई चिनाउने कार्य गरेकोमा विजयी कलाकारहरूलाई बधाई तथा शुभकामना दिए ।

शिक्षा स्वास्थ्य,कला संस्कृति मार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा बुटवललाई चिनाउन यहाँका निजी क्षेत्रकाे भुमिका महत्त्वपूर्ण रहेको भन्दै नगर प्रमुख पाण्डेयले यो कार्यक्रमले आफुलाई थप हाैसला मिलेको बताए ।

उनलेे नाश्री डान्स एकेडेमीका पदाधिकारी तथा प्रतियोगितामा विजयी प्रतियोगिहरूलाई बुटवल उपमहानगरपालिकामा चियापानकाे निम्तो समेत दिए ।

नाश्री डान्स एकेडेमीका सञ्चालक उषा खत्रीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा एकेडेमीका प्रशिक्षक तथा काेरियाेग्राफर मनिश नेपाली,अर्की प्रशिक्षक पुजा दर्नाल,अभिभावक गाेविन्द भण्डारी, एकेडेमीका सल्लाहकार तथा सुस्ता बचाउ युवा अभियानका अध्यक्ष याेगेन्द्र गाैतम,शिक्षिका तथा उद्घाेषिका कल्पना कुसुमलगायतले नेपालकाे इतिहासमा पहिलोपटक यस्तो किसिमको पुरस्कार प्राप्त गर्न सफल भएको भन्दै यस्ता प्रतिभाहरूलाई राज्यले प्राेत्साहन गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा विश्व सुप्रिमेसी ब्याटल ग्राउन्ड-२०२५ का नेपालका निर्देशक राेशन गहतराज,नाश्री डान्स एकेडेमीका प्रशिक्षक काेरियाग्राफर मनिश नेपाली,प्रशिक्षक पुजा दर्नाल, नाश्री डान्स एकेडेमीका म्यानेजिङ डाइरेक्टर राेहन श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो ।