बुटवल,२६ साउन ।
रुपन्देहीको मणिग्राममा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको सुनवल घर भइै हाल तिलोत्तमा नगरपालिका–१४ भलवारी तीनधुरा बस्ने २० वर्षीय खेम भुसाल रहेका छन् ।
प्रहरीका अनुसार बुटवलबाट भलवारीतर्फ जाँदै गरेको लु ४६ प ८२९१ नम्बरको मोटरसाईकल सोमवार बिहान पौने ४ बजे सिद्वार्थ राजमार्ग अन्तर्गत बुटवल-बेलहिया सडक खण्डमा पर्ने तिलोत्तमा- ५ मणिग्राममा अनियन्त्रित भई पल्टिएको थियो ।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका भुसाललाई उपचारको लागि क्रिमशन अस्पताल पुर्याइएकोमा तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी परेकाले मोटरसाइकलको टायर चिप्लिएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






