बुटवल,२५ साउन ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ को नयाँ वडा कार्यालय भवन निर्माणको शिलान्यास भएको छ ।

निर्माधणाधीन भवनको शनिबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले शिलान्यास गरेका हुन् । १ करोड २२ लाख ४२ हजार निर्माण लागतमा वडा भवन निर्माणको शिलान्यास गरिएको हो । यसअघि निर्माण भएको पुरानो भवन अपर्याप्त भएका कारण वडा कार्यालय स्थायी रूपमा स्थानान्तरण गर्न नसकिएकोले थप भवन निर्माणका कार्य थालिएको मेयर पाण्डेयले बताए ।

स्थानीय जनसुविधालाई मध्येनजर गरी नयाँ भवनको नयाँ भवन निर्माणको लागि बजेट बिनियोजन गरिएको बताउदै उनले सम्भवतः पुस महिनाभित्र भवन सम्पन्न गरी कार्यालय स्थानान्तरण गर्ने लक्ष्य राखिएको जानकारी गराए ।

नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज, प्रभावकारी हुने वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए ।

वडा अध्यक्ष क्षेत्रीकाे सभापतित्व र मेयर पाण्डेयकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि कार्यपालिका सदस्य हेमा थामी,उपमहानगरपालिकाका ईन्जिनियर रूक्मागत बस्याल,भवन निर्माणकाे ठेक्का लिएको दास निर्माण सेवाका सञ्चालक गणेश दास, ज्ञानप्रसाद अर्याललगायतले भवन निर्माणकाे आवश्यकता र औचित्यबारे आ आफ्नो भनाइ राखेका थिए ।

यसअघि सोही ठाउँमा पहिले पनि वडा कार्यालय भवन निर्माण गरेपनि पर्याप्त ठाउँको अभावमा वडा कार्यालय सञ्चालनमा आउन सकेको थिएन ।