बुटवल,२४ साउन ।
जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा र दाङबाट दुईजना पक्राउ परेका छन् ।
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाकाे रामपुरबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङकाे मर्स्याङ्दी गाउँपालिका-५ घर भई रामपुर नगरपालिका-५ बेझाड डेरा गरी बस्ने २८ वर्षीय धन रासी विक रहेका छन् ।
विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।
त्यस्तै ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका-३ मसोट बस्ने ३६ वर्षीय हिमाल बोहरालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बोहराले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाकाे सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






