नवलपरासी,२४ साउन ।
मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीले भ्रष्टाचार बिरोधी अभियानसंगै जनवर्गीय संगठन तथा मोर्चाका कामहरुलाई अगाडि बढाइरहेको साे पार्टीले जनाएको छ ।
भ्रष्टाचार बिरोधी अभियानको घोषणा एवं उद्घाटन गरेको साे पार्टीले अभियानकै सिलसिलामा जनबर्गीय संगठन तथा मोर्चा विस्तारलाई पनि सँगसँगै अगाडि बढाएको हो ।
यसअघि जनश्रम अन्तरगत शहिद परिवारको धान रोपाई समेत गरेको पार्टीको जिल्ला समितिको छैठौं बैठकको निर्णय अनुसार जन संगठन एवं मोर्चाको विस्तार गर्ने नीति अगाडी ल्याएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिए ।
‘भ्रष्टाचार बिरोधी अभियानलाई तीब्र रुपले संचालन गर्न आन्तरिक रुपमा मुद्दा अध्ययन अनुसन्धानका काम भइरहेको छ’ ,साथमा क्रान्तिकारी युवा संगठन र दलित मोर्चाको जिल्ला भेलाको पनि तयारी भएको छ’ – पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज थापाले भने– ‘अभियान संगसंगै जनसंगठनका विस्तारको काम समेत हुनेछन्, धेरै कामहरु थप ब्यवस्थित हुनेछ।’
यस अघि जिल्लामा जनसंगठन तथा मोर्चाको एकीकृत संयन्त्रको रुपमा चुडामणी भण्डरीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चाको गठन गरिएको पार्टीले जनाएको छ ।
मुख्य जनसंगठन रुपमा जिल्लामा अखिल(क्रान्तिकारी),क्रान्तिकारी महिला संगठन, क्रान्तिकारी किसान महासंघ र क्रान्तिकारी टे«ड युनियन महासंघ अग्रपक्तिमा सक्रिय छन् । युवा संघ र दलित मोर्चाको जिल्ला भेलाद्वारा जिल्ला सम्मेलन आयोजक समिति गठन गर्ने तयारी गरिएको पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिए ।
‘पार्टीका २५ बढी जनवर्गीय एवं मोर्चा सङ्गठ्न छ्न- युवा नेता समेत रहेका पाण्डेले भने- जिल्लाको सापेक्षतामा जन वर्गीय संगठन एवं मोर्चाका जिल्ला सम्मेलन आयोजक समिति गठन भइरहेको छ । यसलाई तिब्रता दिने योजना बनाइएको छ ‘। यहि साउन २८ गते युवा र दलित मोर्चाको संयुक्त जिल्ला भेला आयोजना गरिएको उनको भनाइ छ ।






