बुटवल,२३ साउन ।
जिल्ला कारागार कार्यालय भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन नभएको जनअएको छ ।

पछिल्लो समय विभिन्न मिडियामा आएका समाचारको खण्डन गर्दै कारागार प्रशासनले रास्वपा सभापति लामिछानेप्रति कुनै फरक व्यवहार नगरिएको दाबी गरेको हो ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई कारागार प्रशासक सुरेश भण्डारीले कारागारमा रहेका अन्य कैदीबन्दी सरह व्यवहार गरिएको बताए ।