बुटवल,२३ साउन ।
बुटवल उपमहानगरपालिकाले २०८२ साल साउन महिनाको २५ गते आईतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको छ ।
शुक्रबार (आज) एक सुचना जारी गरि यही साउन २५ गते आइतबार गाईजात्रा पर्वको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको बुटवल उपमहानगरपालिकाले जनाएको हो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सुचनामा गाईजात्रा (सापारू) पर्वको अवसरमा साउन २५ गते आइतबार एक दिनका लागि स्थानीय सार्वजनिक बिदा दिइएको जनाउँदै उक्त दिन उपमहानगरपालिका मातहतका वडा कार्यालयहरू बन्द रहने जनाइएको छ ।

उपमहानगरपालिका कार्यालय तथा वडा कार्यालयका साथै विद्यालयहरूमा समेत बिदा दिइएको सुचनामा उल्लेख छ ।






