नवलपरासी,१७ साउन ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले भ्रष्टाचार बिरोधी अभियानलाई तीब्र बनाउने निर्णय गरेको छ ।
शनिवार बर्दघाटमा सम्पन्न पार्टीको पुर्ण बैठकले जिल्लाको हरेक तहमा भष्ट्राचार ब्याप्त रहेको भन्दै अभियानलाई चरणबद्ध रुपमा संचालन गर्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले अभियान पहिलो चरणमा प्रचारात्मक संगै भण्डाफोर, अनुसन्धान तथा रिर्पाेटको चरण हुदै जनताको तहबाट जनकारवाही सम्मको चरणमा जाने जानकारी दिए ।
यसअघि पार्टीले असार ५ गते परासीमा पत्रकार भेटघाट तथा भ्रष्टाचार बिरोधी अभियान उद्घाटन गरेको थियो ।
पार्टीको उक्त बैठक पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो ईन्चार्ज प्रेम सुवेदीले प्रशिक्षण दिएका थिए । बैठक जिल्ला सेक्रेटरी रवि पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा, सचिवलाय सदस्यद्वय गणेशबहादुर ढकाल र दुर्गा नारायण चौधरी लगायतले धारणा राखेका थिए ।






