बुटवल,१७ साउन ।
गुल्मीका विकट क्षेत्र मानिने बाझकटेरी ( मदाने) भुसाल सम्पर्क समाज रुपन्देहीको ११ औं वार्षिक साधारण सभा बुटवलमा विविध कार्यक्रम गरी मनाईएको छ ।
समाज स्थापना नभएको भए आफ्ना गोत्रिय दाजुभाईहरुको भेटघाट हुनका लागि समस्या हुने गरेको कार्यक्रममा सहभागिहरुले बताए । भुसाल सम्र्पक समाज जस्तै देशैभरी स्थापना भएका यस्तै समाजहरुले गर्दा सामाजिक कार्यगर्न सहज हुने गरेको उनिहरुको भनाई थियो । समाजका संस्थापक अध्यक्ष हिमालय प्रसाद भुसालले समाज गठन र समाजले गर्न खोजेका कामका वारेमा प्रकाश पारेका थिए ।
संस्थापक अध्यक्ष भुसालले समाजले भुसालहरुको संस्कृति संस्कार भेष भुसाको जर्गेना गदै त्यसको संरक्षणका लागि गुल्मीको बाझकटेरीमा जन्म भै तराईका जिल्लामा विभिन्न कारणले बसाई सराई गरेकाहरुका बीच एकता कायम गरी एक आपसमा भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन सहज भएको धारणा राखे ।
कार्यक्रममा समाजका अध्यक्ष रामचन्द भुसालले सामाजिक सेवा भावले स्थापना भएको समाजमा आजिवन सदस्यका रुपमा १७२ जनाले सदस्यता लिएको भन्दै समाजले गर्ने हरेक कार्यमा राजनैतिक, जातीय र भाषिक रुपमा विभेद नहुने गरी विद्यानमा स्पष्ट व्यवस्था गरिएको बताए । अध्यक्ष भुसालले समाजले विगतमा गदै आएका राम्रा कामलाई निरन्त्रता दिदै आएको र जेष्ठ नागरिकलाई सम्मानको कार्यक्रमलाई जारी राखेको पनि बताए ।
सो अबसरमा कोषाध्यक्ष पुष्कर भुसाल र लेखा समिती संयोजक तुल्सी भुसालले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको सचिव बावुराम भुसालले बताए ।
कार्यक्रममा समाजका सललाहकार भक्तिराम भुसाल, पूर्व सचिव केदार भुसाल, प्रेस सल्लाहकार यमलाल भुसाल, सैनामैना नगरपालिका वडा नम्बर ११ का वडा सदस्य अशोक भुसाल, सहसचिव सरस्वती भुसाल लगायतले समाजले गरेका सराहनीय कार्यको प्रसम्सा गदै अझै नमूना काम गर्न सुझाव दिएका थिए । सोही अवसरमा ३ जना ८० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।






