कपिलवस्तु,१५ साउन ।
पौडी खेल्ने क्रममा डुबेर कपिलवस्तुमा दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तुकाे वाणगंगा नगरपालिका-५ कोपवा बस्ने दिपक चौधरीका ११ वर्षे छोरा वापस चौधरी र स्थानीय प्रेम थारुका १० वर्षे छोरा निशान थारु रहेका छन् ।

उनिहरूको बिहीबार साँझ कपिलवस्तु नगरपालिका-१० पिपरास्थित पिपरा र नगवाबीच बग्ने घोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटना बारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोष्ट जहदीबाट प्रहरी सहायक निरीक्षक किशोर सारुको कमाण्डमा खटिएको टोलीले दुवै जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवत्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।