बुटवल,१५ साउन ।
बचतकर्ताको रकम हिनामिना गरेकाे आराेपमा रूपन्देहीको
भैरहवा स्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् ।

सिद्धार्थनगर नगरपालिका–५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका शेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

दोलखाको मेलु गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसीलाई बचतकर्ताको रकम हिनामिना गरेको अभियाेगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले जानकारी दिए ।

गत वैशाख २० गतेदेखि फरार रहेका केसीलाई प्रहरी वृत्त ठिमी भक्तपुरको सहकार्यमा भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ३ बाट पक्राउ गरेर रुपन्देही ल्याएको प्रहरीले जनाएको छ ।