बुटवल,१३ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक बुधबार भैरहवामा बस्ने भएको छ ।

पार्टीको सचिवालय, केन्द्रीय समिति र संसदीय दलको बैठक फरक फरक प्रदेशमा बस्ने नीति अनुसार भैरहवामा संसदीय दलको बैठक बोलाइएको कार्यवाहक सभापति डिपी अर्यालकाे भनाइ छ ।

बैठकमा भाग लिन सांसदहरू भैरहवा आउने क्रम जारी रहेको सबै सांसदहरू आएपछि बैठकको समय तय गरिने उनले बताए ।

आगामी निर्वाचनको तयारी सम्बन्धमा पनि ग्राउन्ड जिरो रिपाेर्टीङ का लागि पनि भैरहवामा दलको बैठक बाेलाइएकाे साे पार्टीले जनाएको छ ।