बुटवल,१० साउन ।
जलवायु परिवर्तनको मारले देशवासीले भोग्नु परेको समस्यालाई मध्यनजर गरी पर्यावरण सन्तुलन कायम गर्ने उदेश्यले रोटरीयनहरुले शनिवार ५० हजार विरुवा रोपण गरी हरित अभियानकाे सुरुवात गरेका छन ।
रोटरी ३२९२का डिष्ट्रिक गर्भनर विनोद कोईरालाको विशेष पहलमा शनिबार देशभरीनै वृक्षारोपण गरिएको हो ।
सोही अभियान अन्तर्गत रोटरी क्लव अफ बुटवलको अगुवायीमा यस क्षेत्रमा क्रियाशिल रोटरीयनहरुको सहभागितामा बुटवल वेलवास वेथरी सडकको किनारामा ५ सय विरुवा रोपण गरिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले जानकारी दिए ।
त्यस्तै पाल्पाको बसन्तपुर रोटरी सामुदायीक ग्राममा पनि शनिवार नै ३ सय विरुवा रोपण गरिएको अध्यक्ष पराजुलीले बताए । विशेष गरि गुलमोर र सितल चीनीका विरुवा रोपण गरिएको हो । सौन्दरीकरणसंगै पर्यावरणमा सन्तुलन ल्याउन टेवा पुग्ने लक्ष्य सहित देशैभरी एक साथ वृक्षारोपण गरिएको अध्यक्ष पराजुलीको भनाई छ ।
वृक्षा रोपण कार्यक्रममा रोटरी क्लव अफ बुटवलसंगै यस क्षेत्रमा सक्रिय रहेका रोटरीयनहरुको वाक्लो उपस्थिती रहेको सचिव शिव ज्ञवालीले बताए ।






