बुटवल,९ साउन ।
सरकारी छापको दुरुपयोग गरेको आराेपमा मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सरकारी छापको दुरुपयोग गरी नक्कली लालपुर्जा जारी गरेको आरोपमा अर्यालसहित कार्यालय सहयोगली सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो ।
उनीहरूलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् ।
घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको उनले बताए ।
उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेकाे बताइएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






