परासी,७ साउन ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको कृषि फर्ममा आगलागी भएको छ ।
जिल्लाकाे सुनवल नगरपालिका-१२ स्थित पाण्डे एकीकृत कृषि फर्ममा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
फर्ममा रहेको गहुँको भुस, जस्तापाता, काठ, गाई-भैंसीलाई खुवाउन राखिएको दाना, गिजर, पानी ट्यांकी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरदत्त पन्तले जानकारी दिए ।
रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाको दमकल, स्थानीय र प्रहरीले करिब १ घण्टापछि आगलागी नियन्त्रण भएको थियो । सुनवल नगरपालिकामा दमकल नहुँदा छिमेकी पालिकाबाट दमकल मगाउनुपर्ने बाध्यता छ ।






