रूपन्देही,५ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को उपनिर्वाचनका लागि साउन ७ गतेबाट उम्मेदवार चयन गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।

साे क्षेत्रमा उम्मेदवार हुन चाहनेले आउँदो साउन ७ गते बुधबारदेखि साउन २१ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । पार्टीको न्युनतम मापदण्ड र कानुनी योग्यता पुगेका व्यक्तिहरूले उम्मेदवारको दाबी गरेर आवेदन दिनसक्ने रास्वपाले जनाएको छ ।

पार्टीको निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार उम्मेदवार हुन इच्छुकले रास्वपाको मोबाइल एपबाट आवेदन दिनुपर्ने ब्यवस्था गरिएको छ ।

प्रारम्भिक मतदानबाट उम्मेदवार छान्ने रास्वपाकाे बिधानमा ब्यवस्था छ ।