बुटवल,४ साउन ।
बुटवल हस्पिटल प्रा लिमा लेजर प्रविधिबाट पायल्स को उपचार शुरु भएको छ । नयाँ प्रविधि भित्रिएसंगै बिना चिरफार बिरामीको उपचार हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.कृष्ण प्रसाद खनालले बताए ।

लेजर मार्फत विशेषत पायल्स, फिस्टुला, फिसर, पाइलोनाइडल, साइनस र खुट्टाको भेरिकोज भेनको बिना चिरफार उपचार गर्न सकिन्छ । लेजर मेसिनबाट बिरामीको उपचार गर्द अस्पतालको बसाई कम हुने, न्यूनतम रक्तश्राव र दुःखाई समेत कम हुने उपचारमा सम्लग्न बिशेषज्ञ डा.बिर्खराज जोशीले जानकारी दिए । उपचार पश्चात २÷३ दिनमै सामान्य अवस्थामा आउने भएकोले यो प्रविधिमा बिरामीहरुको माग समेत बढिरहेको हस्पिटलले जनाएको छ ।

आजभोली खानपान र जीवनशैलीका कारण पायल्स र भेरिकोज भेनका बिरामीहरु पनि बढ्दै गएका छन् । उनिहरुका लागि लेजर प्रविधिमार्फतको उपचारले सहजता हुने भएकोले लेजर मेशिनबाट उपचार शुरु गरेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले बताए । समयको मागसंगै बुटवल हस्पिटल प्रा लिले पनि आफ्ना उपकरणहरु परिस्कृत गर्दै लगेको उनलेे जानकारी दिए ।

आजको सूचना प्रविधिको युगमा बिरामीहरुको विभिन्न अंगमा गरिने शल्यक्रियालाई लेजर प्रविधिबाट गर्ने गरिएको छ । यो प्रविधि विशेष प्रकारको प्रकाश प्रविधि हो । यो प्रकाशले बिरामीको असर परेको अंगमा विकिरणको माध्यमद्धारा शल्यक्रिया गर्ने गरिन्छ । हाल आंखा, नाक, कान, घांटी, मृगौलाको पत्थरी,ब्रेन ट्युमर, पाठेघरलगायतका अंगहरुमा यो प्रविधिको प्रयोग गरिंदै आएको छ ।

बुटवल ६ चांदवारीचोक नजिकै आफ्नै भवनबाट सेवा दिदै आएको बुटवल हस्पिटल प्रा लिले अत्याधुनिक उपकरण, दक्ष जनशक्तिको समायोजन र अत्याुधिनिक पुर्वाधारसहितको सेवाले बिरामीहरुका लागि बुटवल बाहिर उपचारकै लाजि जार्नु पर्ने वाध्यताको अन्त्य गरेको दावी छ ।