नवलपरासी,२ साउन ।
नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्लाकाे हुप्सेकोट–३ भूपति चोकमा बिहीबार राति ग
७ प २७२१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया शोभा सिग्देलको मृत्यु भएको हो ।

माेटरसाइकलकाे ठक्करबाट गम्भीर घाइते भएकी शोभा सिग्देलको उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग ७ प २७२१ नम्बरको मोटरसाइकलले शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट–२ कोलियाकै ३२ वर्षीय सोमबहादुर सोमै पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।