बुटवल,१ साउन ।
रोटरी क्लव अफ बुटवलको सन् २०२५/०२६ का लागि नव निर्वाचित नयां कार्य समितिले आफुले अगाडी बढाएका कार्यक्रमको प्रभावकारिताका लागि क्लव भित्रका अफिशियल र सदस्यहरुलाई क्लव अफिसर लर्निङ शेमिनार सम्पन्न गरेको छ ।
बिशेष गरि क्लवको पहिलो बैठकले स्वास्थ्य ,शिक्षा र खानेपानीका क्षेत्रमा सहयोग गर्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरेको क्लबले जनाएको छ ।

सोही अनुसार क्लबका अफिशियल र सदस्यहरुलाई क्लव अफिसर लर्निङ शेमिनार मार्फत रोटरी क्लवको मोटोलाई आत्मसाथ गरि समाजमा यसको प्रभावकारीता कसरी बढाउन सकिन्छ भनेवारेमा क्लवका एजी हरि लम्सालले प्रशिक्षण प्रदान गरेकाे बताइएको छ । एजी लम्सालले केही न केही पेशा व्यवसाय गरेको व्यक्तिले मात्र रोटरीको सदस्य हुन सक्ने भन्दै पेशा अनुसारको परियोजना संचालनका लागि सहभागिता जनाउन सहज हुने बताए ।

कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले सामाजिक कार्यसँगै क्लवमा सदस्यता बद्धिलाई पनि प्राथमिकता दिन सबै सदस्यहरुलाई आह्वान गरे ।

सेमिनारमा पूर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरी ईन्टरनेशन प्रेसिडेन्डको वारेमा प्रकाश पारेका थिए ।

अर्का पूर्व अध्यक्ष राजेन्द्र लम्सालले रोटरीका सदस्यहरुलाई रोटरीको महत्व र यसले गर्ने कार्यहरुको प्रभावकारीता कसरी बढाउन सकिन्छ भन्नेवारेमा प्रकाश पारेकाे क्लबका मिडिया प्रशन गोबिन्द खनालले जानकारी दिए ।

त्यस्तै क्लवमा नेतृत्व प्राप्त गरेपछि नवनिर्वाचित टीमले भारतको गोरखपुरको मिड टाउन क्लवसंगको भगिनी सम्बन्धलाई नविकरण गर्नुका साथै २४ औं पदस्थापना समारोहमा सहभागिता जनाएको बताइएको छ ।

क्लवले शिक्षा क्षेत्रमा बुटवल र सैनामैनाका एक एक सामुदायीक विद्यालयमा कम्तीमा २५ सेट कम्यूटर सहितको ल्याब स्थापना गर्ने दृष्टि बिहीन विद्यार्थीलाई सेतो छडी वितरण गर्ने र खानेपानी तर्फ गुल्मीको दिबरुङमा खानपानी परियोजना संचालन गर्नेे निर्णय गरेको अध्यक्ष पराजुलीले बताइन् ।