बुटवल,१ साउन ।
रुपन्देही र पाल्पामा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको मर्चवारी गाउँपालिका–२ अमुवा बस्ने २६ वर्षीय सुग्रीम हरिजनको पनि पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । उनको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।
त्यस्तै पाल्पाको माथागढी गाउँपालिका–२ दोहोरा सोले बस्ने शंकर कुमालको २ वर्षीय छोरा सुगम कुमालको सोही ठाउँस्थित तालकुलोमा डुबेर बुधबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






