बुटवल,२९ माघ ।
रुपन्देही बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रदान गर्ने ‘उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार बुटवल टुडे दैनिकका उप–सम्पादक तथा कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनालले प्राप्त गरेका छन् ।

पत्रिकाको संस्थापनकाल देखि कार्यरत खनाल कृषि, सहकारी र समसमायीक विषयमा कलम चलाउँदै आएका छन् । उप–सम्पादक खनाललाई मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच नेपाली काग्रेस लुम्बिनी प्रदेश सभा प्रमुख सचेतक जमुना ढकालले नगद सहित सम्मान तथा पुरस्कृत गरेकी हुन ।

रुपन्देही बचत तथा ऋण सहकारी संस्थाको १९ औ स्थापना दिवसको अवसारमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाली काग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जमुना ढकालले राज्यले जननताको पैसा सुरक्षित छ भनेर घोषणा गर्नुपर्ने अवस्था आएको बताईन् ।

सहकारीलाई राज्य संयन्त्रको बाडफाँड पछि प्रदेश र स्थानीय तहको विचमा राखेको र नियमक निकायको संयन्त्र विना नै अधिकार दिएको कारण अहिलेको अवस्था आएको उनको तर्क थियो । उनले अहिलेको सरकार सबैभन्दा बलियो सरकार भएको अहिलेको सरकारले भन्दै आशालाई निराशामा बदल्न दिन नहुने बताईन ।

कार्यक्रममा जिल्ला बचत संघका पुर्व अध्यक्ष तथा सल्लाहकार भिम प्रसाद तुलाचनले एक दुई वटा सहकारीले गरेको बदमासीको कारण अहिलेका सहकारी अभियान्ताहरुले दोष खानुपरेको बताए । उनले सहकारीको नियमन गर्ने सरकारले नियमन बेलैमा नगरेको कारण सहकारीमा समस्या आएको भन्दै यसको लागि सकारीको छुट्टै नीति बनाएर अगाडी जानुको विकल्प नभएको बताए ।

साे अवसरमा बुटवल उपमहानरपालिका वडा नम्बर १५ मा रहेको भद्रकालि दुग्ध उत्पादक सहकारी संस्थालाई उत्कृष्ठ सहकारीको रुपमा समेत पुरस्कृत गरिएको थियो ।